PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

भारतको लागि अन्तर्राष्ट्रिय पदक दिलाएकी संगीताको टाउकोमा इँट्टाको भारी, चर्चापछि खेलकुद मन्त्रीदेखि मुख्यमन्त्रीको सहयोग



पहिलोपोस्ट

भारतको लागि अन्तर्राष्ट्रिय पदक दिलाएकी संगीताको टाउकोमा इँट्टाको भारी, चर्चापछि खेलकुद मन्त्रीदेखि मुख्यमन्त्रीको सहयोग

केही दिनअघि भारतीय सञ्चारमाध्यमहरुमा एकजना इटाँभट्टामा इँटा उठाइरहेको एकजना महिलाको तस्बिरले चर्चा पायो। उनी थिइन् भारतीय फुटबल टिममा उमेर समूहबाट खेलिसकेकी संगिता सोरेन। उनको उक्त तस्बिर बाहिर आएसँगै भारतीय खेलकुद क्षेत्रमा राम्रै चर्चा जमायो।

उमेर समूहमा राम्रो प्रदर्शन गरेकी उनले राष्ट्रिय टोलीमा स्थान बनाएसँगै कोभिड महामारी सुरु भएसँगै राष्ट्रिय टोलीबाट भने सहभागिता जनाउने अवसर पाएकी थिइनन्। उनले उमेर समूहमा यू १८ र यू १९ बाट भुटान र सिंगापुरमा भएका प्रतियोगिताहरुमा सहभागी भएकी थिइन्।

संगीताका बुवा दृस्टिबिहीन भएको र भाइले पनि मजदुरी नै गर्ने भएको बताइएको छ। यस्तोमा घरमा आर्थिक समस्याका कारण उनी पनि इँटाभट्टामा मजदुरीका लागि पुगेकी हुन्। उनले ४ महिना अघि झारखण्डका मुख्यमन्त्रीलाई चिठी लेख्दै मद्दत पनि मागेकी थिइन्। त्यसमा अहिले महिला आयोगले झारखण्ड सरकार र भारतीय फुटबल फेडेरेसनलाई चिठी लेख्दै राम्रो रोजगारी दिलाउन माग गरेको छ

खेलकुद मन्त्रीदेखि मुख्यमन्त्रीसम्मको तान्यो ध्यान

पछिल्लो दिनमा उनको अवस्थाबारे सञ्चारमाध्यमहरुमा खबर आएपछि भारतका खेलकुद मन्त्री किरण रिजजु र झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले ट्वीट गर्दै उनलाई सहयोगको आश्वासन दिएका छन्।

‘संगिता सोरेनको बारेमा मैले हिजो जानकारी पाएँ। आज बिहान बागमाराको बीडिओ (प्रखण्ड विकास अधिकारी) ले उनीसँग भेट गरे र उनलाई तत्काल वित्तिय सहायतासहित राशन उपलब्ध गराइएको छ,’ मन्त्री रिजजुको ट्वीटमा उल्लेख गरिएको छ।

त्यस्तै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि ट्वीट गर्दै सरकारी मद्दत तुरुन्त पुर्याउने र यस्तो अवस्था आउन नदिन नीति तथा कार्यप्रणाली पनि आउने उनले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell