PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बारामा जन्तीको बस दुर्घटना हुँदा १६ जना घाइते, ५ जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

बारामा जन्तीको बस दुर्घटना हुँदा १६ जना घाइते, ५ जनाको अवस्था गम्भीर

वीरगंज : जन्ती बोकेर रौतहटबाट बारा आएको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बारा प्रहरीका अनुसार बाराको कलैया-१६ अन्तर्गत पर्ने मानमत–कलैया सडकखण्डको डाकाहा नजिक उक्त दुर्घटना भएको हो।

रौतहटको गुजरा नगरपालिका-६ खतबैया टोलबाट एक मुस्लिम युवकको विवाहको जन्ती लिएर बाराको जीतपुरसिमरा-१९ को बहडिल्वा आउँदै गर्दा सोमवार बिहान सवा १० बजेको समयमा ना ४ ख ४७४९ नम्बरको बस अनिनियन्त्रित भई पल्टेको थियो। दुर्घटनामा परी घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जनाए।

घाइतेहरुको उद्धार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले कलैया अस्पताल र वीरगंजस्थित नेसनल मेडिकल कलेजमा पुर्‍याएको छ। बसका सहचालक ३८ वर्षीय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ भने १२ वर्षीय रियाजुल लहेरी, गौरीशंकर विश्वकर्मा, जाकिर लहेरी, आबास लहेरीको अवस्था गम्भीर छ।

उनीहरुमध्ये केहीको टाउको, हात तथा खुट्टामा गहिरो चोट देखिएको छ। बाँकी अन्य घाइतेको अवस्था सामान्य रहेको बारा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell