PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला उल्टो झुण्ड्याएर विद्यार्थीले गरे विरोध



पहिलोपोस्ट

वीरगंजमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला उल्टो झुण्ड्याएर विद्यार्थीले गरे विरोध

वीरगंज : वीरगंजमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उल्टो पुतला झुण्डयाएर विरोध प्रदर्शन गरिएको छ। संयुक्त विद्यार्थी मोर्चा ठाकुराम बहुमुखी क्याम्पसले सोमवार सांकेतिक विरोध प्रदर्शन गर्न यस्तो गरेको हो।

क्याम्पसको मुल गेटमा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला झुन्ड्याइएको थियो। उल्टो झुण्डिएको पुतला नजिकै संसद विघटन खारेज गर, प्रतिगमनलाई अन्तिम धक्का, केपी विद्या मुर्दावाद लगायतका नाराहरु लेखिएको प्लेकार्ड टाँसिएको थियो। हिजो मात्र सो क्याम्पसमा आवद्ध प्रमुख चार विद्यार्थी संगठनहरु नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले सयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमन विरुद्धको आन्दोलनमा सबै एकजुट हुन अपिले गरेका थिए।

त्यसकै निरन्तरतामा आज पुतला प्रदर्शन गरिएको हो। आन्दोलनको सुरुवात भएको र अगामी रणनीति सहित प्रतिगमन परास्त गरेर छोड्ने रणनीतिमा विद्यार्थी मोर्चा रहेको नेविसंघ एकाइ अध्यक्ष मनोज साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell