PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सलमानको फिल्म ‘राधे’को गैरकानुनी रुपमा प्रसारित हुनबाट अदालतले लगायो प्रतिबन्ध



पहिलोपोस्ट

सलमानको फिल्म ‘राधे’को गैरकानुनी रुपमा प्रसारित हुनबाट अदालतले लगायो प्रतिबन्ध

सलमान खान अभिनित फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’ इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भयो। तर, रिलिज भएको केही घण्टामा नै फिल्म पाइरेसी हुन थाल्यो।

फिल्म गैरकानुनी रुपमा पाइरेसी हुन थालेपछि फिल्मको ब्रोडकास्ट राइट होल्डर जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेट लिमिडेटले दिल्ली उच्च अदालतमा उजुरी हालेको छ। फलस्वरुप दिल्ली अदालतले फिल्मलाई ह्वाट्सएप र अन्य सोसल मिडिया प्लेटफर्ममा अवैध रूपमा प्रसारित हुनबाट प्रतिबन्ध लगाएको छ।

राइट होल्डरले फिल्म पाइरेसी भएको र फिल्मको भिडियो क्लिपहरु डाउनलोड गर्ने गरी ठूलो मात्रामा अनधिकृत रुपमा जनतामा पुर्‍याएको भनि दिल्ली अदालतमा उजुरी हालेको थियो। यसरी फिल्म पाइरेसी हुन थालेपछि आधिकारिक फिल्म वितरकहरुलाई निकै असर परेको थियो।

अदालतले उजुरीलाई ध्यानमा राख्दै ह्वाट्सएप र अन्य सोसल मिडियामा फिल्मको पाइरेसी गरेर बेच्नेको व्यक्तिको अकाउन्ट सस्पेन्ड गर्ने र स्थायी रूपमा मेटाउने निर्देशन दिएको छ। साथै अपराधी विरुद्द कानुनी कारवाही चाल्न अदालतले इन्टरनेट सेवा प्रदायकहरूलाई अपराधीहरूको विवरण साझा गर्न निर्देशन गरेको छ।

केहि दिनअघि बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे’ पाइरेसी गर्नेलाई कारवाही गर्ने बताएका थिए। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell