PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार अपरान्ह ४ बजेसम्म थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ४, बाराका २ र सर्लाहीका २ जना रहेका छन्। जसमा चार जना महिला र चार जना पुरुष रहेको जनाइएको छ।

३५ देखि ७० वर्ष उमेर समूहका ८ जनामध्ये ६ जनाको नारायणी अस्पतालमा, १ जनाको वीरगंज हेल्थकेयर अस्पतालमा र एक जनाको नेसनल अस्पतालको बाबा होटलस्थित कोभिड अस्पतालमा मृत्यु भएको जनाइएको छ।

वीरगंज-३२ चोर्नीकी ३५ वर्षीया महिलाको आज बिहान ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो। ३० बैशाखमा पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।

६ जेठमा पीसीआरबाट पोजेटिभ देखिएका पर्साको बहुदरमाई नगरपालिका-२ बहुअर्वाभाठाका ७० वर्षीय वृद्ध जेठ ८ गते अस्पताल भर्ना भएकोमा उनको आज बिहान पौने १ बजे मृत्यु भएको थियो।

त्यसैगरी, नारायणी अस्पतालमै उपचाररत बाराकी ४० वर्षीया महिलाको गएराति साढे ११ बजे मृत्यु भएको थियो। २७ बैशाखमा पीसीआरबाट कोरोना पोजेटिभ देखिएकी उनी २९ गते अस्पताल भर्ना भएकी थिइन्।

त्यस्तै, ३० गते पीसीआरमा कोरोना पोजेटिभ आई ३१ बैशाखमा नारायणी अस्पतालमा भर्ना भएका बाराका ६० वर्षीय वृद्धको आज बिहान १० बजे मृत्यु भएको छ। सर्लाहीका ५२ वर्षीय पुरुषको पनि आज बिहान पौने ७ बजे नारायणी अस्पतालमै मृत्यु भएको छ। ३ जेठमा पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएका उनी सोही दिन अस्प्ताल भर्ना भएका थिए।

नारायणीमै सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का ६२ वर्षीय वृद्धको पनि आज दिउँसो ३:२० वजे मृत्यु भएको थियो। उनी जेठ ४ गते पीसीआर पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए।

त्यसैगरी, नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा वीरगंज-२६ सुगौलीविर्ताकी ४२ वर्षीया महिलाको आइतवार साँझ ४ बजे मृत्यु भएको थियो भने वीरगंज हेल्थकेयर अस्पतालमा आज बिहान ६ बजे पर्साको पोखरिया नगरपालिका-५ का ७० वर्षीय पुरुषको मृत्यु भएको थियो।

जेठ ६ गते पीसीआर परिक्षणमा पोजेटिभ आएर जेठ ७ गते सुगौलीविर्ताकी संक्रमित अस्प्ताल भर्ना भएकी थिइन् भने वीरगंज हेल्थकेयरमा मृत्यु भएका वृद्ध ४ गते पीसीआरबाट पोजेटिभ आएर ७ जेठमा अस्पताल भर्ना भएका थिए।

४३ नयाँ संक्रमित थपिए

नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ४३ नयाँ संक्रमित थपिएका छन्। आइतवार राति आएको नतिजा अनुसार १९२ जनामा ९ देखि ७४ वर्ष उमेर समुहका २४ पुरुष र १९ महिलासहित जम्मा ४३ नयाँ संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ। जसमा पर्साका १९, बाराका १२, रौतहटका २, सर्लाहीका ९ र धनुषाका १ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell