PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

नेपाल खनालसहित ११ नेतालाई एमालेले साधारण सदस्यबाट हटायो, को को परे कारबाहीमा?



पहिलोपोस्ट

नेपाल खनालसहित ११ नेतालाई एमालेले साधारण सदस्यबाट हटायो, को को परे कारबाहीमा?
फाइल फोटो

काठमाडौंः नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ नेतालाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। सोमबार बसेको स्थायी समिति बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए। 

बैठकले नेपाल खनालसहित नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कलिला खान,  निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो। 

पार्टीविरूद्द गतिविधि गरेको आरोपमा जेठ ८ गतेको स्थायी समिति बैठकको नेताहरुलाई स्पष्टीकरण सोधेको थियो। जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell