PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मुद्दा हाल्ने ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण



पहिलोपोस्ट

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित मुद्दा हाल्ने ११ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभा पुनस्र्थापनासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त माग गर्दैै सर्वोच्चमा रिट दर्ता गर्ने ११ निवर्तमान सांसदलाई स्पटीकरण माग गरेको छ। 

सोमबार बसेको स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

प्रवक्ता प्रदीप ज्ञवालीद्वारा सार्वजनिक गरिएको प्रेस वक्तव्य अनुसार निवर्तमान सांसदहरु सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, नारायण खतिवडा, मेटमणि चौधरी, झपट रावल , यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट,  भवानीप्रसाद खापुङ, कृष्णलाल महर्जन र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell