PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेपाली फुटबल टोली आज इराक जाँदै



पहिलोपोस्ट

नेपाली फुटबल टोली आज इराक जाँदै
फाइल फोटो

काठमाडौं: आज नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका आज इराक जाँदैछ। आज बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत इराक जाँदैछन्। नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ। खेलका लागि २३ खेलाडी र १२ जना अफिसियलसहितको ३५ सदस्यीय टोली आज प्रस्थान गर्नेछ।

नेपाल सुपर लिग नसकिँदै यसका लागि तयारी सुरु गरिसकेका थिए नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले।

नेपालले पहिलो खेलमा इराकसँग प्रतिस्पर्धा गर्नेछ। इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा नेपाल र इराक भिड्नेछन्। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको एन्फाले जनाएको छ।

नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। अर्थात इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि छ। सोमवार एन्फाले सबै खेलाडी र अफिसियलको कोभिड परीक्षण गराएको थियो जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।

विश्वकप छनोटका खेल

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

नेपालले आगामी खेलमा जुन ३ मा चाइनिज ताइपेइसँग, जुन ८ मा जोर्डनसँग र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

खेलाडीहरु

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आगामी खेलहरुका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्। प्रशिक्षक अलमुताइरीले केही अनुभवी खेलाडीहरुको स्थानमा नयाँ खेलाडीहरुलाई स्थान दिएका छन्।

प्रारम्भिक चरणमा रहेका भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रविशंकर पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङ लगायतका खेलाडीहरु बाहिरिएका छन् भने मनिष डाँगी, सुरज जिउ ठकुरी, विशाल सुनार, आयुस घलानलगायतका खेलाडीले पहिलो पटक टिममा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले टिममा पुनरागमन गरेका छन्।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश गलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell