PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शव व्यवस्थापनमा खट्ने युवाको अनुभव : कोही परपर भाग्छन्, कोही गर्छन् साहसको प्रशंसा



सुमित मिश्र

शव व्यवस्थापनमा खट्ने युवाको अनुभव : कोही परपर भाग्छन्, कोही गर्छन् साहसको प्रशंसा

जनकपुरधाम : पछिल्लो केही दिन यता प्रदेश २ मा कोरोना संक्रमण दर घट्दै गइरहेको छ। यद्यपि कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या भने उच्च नै रहेको छ। कोरोना संक्रमण दर घट्नु सुखद संकेत रहे पनि मृत्युदर बढ्दै जानु चिन्ताको विषय रहेको छ। त्यसमाथि समयमै शव व्यवस्थापन नहुनु ठूलो समस्याको रुपमा अहिले रहेको छ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा दिनहुँ कोरोना संक्रमणबाट बिरामीको मृत्यु हुँदै आईरहेको छ। बिरामीको मृत्यु हुँदै आए पनि शव व्यवस्थापनमा चुनौती देखिएको छ। तर सम्बन्धित निकाय एकाध शवबाहेक शव व्यवस्थापनमा ध्यान पुर्‍याउन नसकेको स्थानीयको आरोप छ। शव व्यवस्थापनमा निकै समस्या देखिएपछि जनकपुरधामका युवाहरुको समूहले आफै शव व्यवस्थापन तर्फ अग्रसरता दोखएका छन्। शव व्यवस्थापन तर्फ अग्रसरता देखाएका युवाहरुलाई देखेर कतिजना तर्सिन्छन् भने कतिपयले उनीहरुको साहसलाई सलाम गर्न पनि पछाडि पर्दैनन्। तर ती युवाहरुलाई शव व्यवस्थापन गरेर कुनै पछुतो छैन बरु मानवता र संस्कारलाई बचाउन सकेकोमा आत्मसन्तुष्टि छ।

नेपाल तरुण दल धनुषाका उपसभापति समेत रहेका कोभिड-१९ क्वीक रेस्पोन्स टिमका सदस्य राकेशविक्रम साहले स्थानीय प्रशासनले कोरोना संक्रमितको शव व्यवस्थापनमा लापरवाही गर्दा शवहरु कयौं दिनसम्म लावारिस अवस्थामा रह्ने गरेकाले हामी शव व्यवस्थापनतर्फ अग्रसरता लिन बाध्य भएको बताए।

भौतिक दुरी कायम गर्नुपर्ने नाउँमा अहिले यति दुरी बढिसकेको छ कि मानवले मानवलाई नै हेलाको दृष्टिले हेरिरहेको देखेर एकदमै पीडा भइरहेको बताउँदै युवा अभियन्ता राकेशविक्रम साहले भने, 'यस्तो विकट परस्थितिमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव लथालिंग अवस्थामा रहेको देखेर मनले धेरै पिरोल्यो, अन्त्यमा हामीले टिम बनाएर नै शव व्यवस्थापनका लागि अगाडी आउनु पर्छ भनेर मात्रै हामी शव व्यवस्थापनमा जुटेका छौँ,’ उनले थप्दै भने ‘जबकि भनिन्छ हिन्दु संस्कृतिमा कसैको अन्तिम संस्कारमा सहभागी हुनु सबैभन्दा ठूलो पूण्यको काम हुन्छ, तर आफन्तले नै आफ्नो आफन्त्को शव व्यवस्थापन तर्फ ध्यान दिई रहेका छैनन्, हामी शव व्यवस्थापन गरेर पुण्यको भागी बनिरहेका छौँ।’

कोरोनाको संक्रमण रहेकाले सचेतना अपनाउनु आवश्यक रहेपनि योसँगै मानवता बचाउनु पनि उत्तिकै आवश्यक रहेको साहको भनाई छ।

शव व्यवस्थापनमा लागेका अर्का युवा मोहन रौनियारले नेपाली सेनालाई शव व्यवस्थापनमा भ्याई नभ्याई भएपछि हामीले स्वास्थ्य सुरक्षा सामाग्रीको उपाय गरेर आफै शव व्यवस्थापनका लागि अगाडी बढेको बताउँछन्। पहिलो पटक शव व्यवस्थापनमा सहभागी हुनुभन्दा अगाडि मनमा एकदमै डर लागेको थियो तर स्वास्थ्यकर्मीहरुको साहसलाई देखेर मनमा रहेको डर हराएर गएको रौनियार बताउँछन्।

शुरुमा शव व्यवस्थापन गरेर आउँदा छिमेकीले घृणाको दृष्टिले हेर्ने गरेको तर कतिपयले हामीलाई उच्च सम्मान समेत गरेको अर्का युवा सिन मण्डल भन्छन्। उनी भन्छन्, ‘अब कसैको आफन्तको कोरोना संक्रमणबाट मृत्यु हुँदा शव व्यवस्थापनका लागि हामीलाई नै खोज्न थालेका छन्।’

संदिग्ध संक्रमितको शव व्यवस्थापनमा सकस : मलामी नहुँदा सरकार पन्छियो, जुटे युवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell