PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

आफ्नै कीर्तिमानी तोडेका कामिरिता उत्रिए काठमाडौं, पुगेरै छाडे २५ पटक सगरमाथाको शिर

आफ्नै कीर्तिमानी तोडेका कामिरिता उत्रिए काठमाडौं, पुगेरै छाडे २५ पटक सगरमाथाको शिर

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कीर्तिमानधारी आरोही कामिरिता शेर्पा काठमाडौं फर्केका छन्। सगरमाथाको सफल आरोहण गरेर आज उनी काठमाडौं विमानस्थलमा उत्रिएका हुन्। २५ पटक सगरमाथा आरोणको कीर्तिमानी कायम राखेका उनलाई स्वागत गर्न उनका आफन्त, ट्रेकिङ एजेन्सी तथा पर्वतारोहण क्षेत्र आवद्ध व्यक्तिहरु विमानस्थल पुगेका थिए। 

लगातार आफ्नै कीर्तिमानी तोड्दै आएका उनी वैशाख २४ गते सगरमाथा शिखरमा पुगेका थिए। सन् २०१९ मा एक सातामा नै दुई पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडेका थिए उनले। ५० वर्षभित्र २५ पटक सगरमाथा शिखर चुम्ने लक्ष्य बोकेका उनले यसपटकको आरोहणबाट त्यो उपलब्धी पूरा गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell