PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आमा, छोरा र छोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए



पहिलोपोस्ट

आमा, छोरा र छोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं : प्युठानमा तीन जना एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

प्युठान नगरपालिका १ स्थित रातेमाटा सामुदायिक वनभित्र पासो लगाएर झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्युठान नगरपालिका २ बस्ने २६ वर्षीया गायत्री सुनवार, ६ वर्षीया बालिका प्रकृति सुनुवार र १ वर्षीय बालक सुशान्त सुनुवारको शव फेला हो।

'हामीलाई आज बिहान खबर आएको थियो। हाम्रो टोलीले घटनास्थल पुगेर हेर्दा तीनै जना एउटै रुखमा पासो लगाएर मरेको प्रारम्भीक रुपमा देखिएको छ,' जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देविप्रसाद गैरेले भने।

मृत फेला परेका दुई बालक-बालिका भने गायत्रीका छोरी र छोरा हुन्। छोरा छोरीको घाटीमा सलमा पासो र आमा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको हो।

उनी सासु ससुरासँग बन्दै आएकी थिइन्। सोमवार उनी माइत जान भन्दै घरबाट निस्किएको परिवारले प्रहरीलाई जानकारी दिएको छ। उनका श्रीमान् भने रोगजारीको लागि भारतमा रहेको खुलेको छ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell