PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संसद भवनमा पूर्व सभामुखहरुसँग छलफल, सुवास नेम्वाङ र दमननाथ ढुंगाना अनुपस्थित



पहिलोपोस्ट

संसद भवनमा पूर्व सभामुखहरुसँग छलफल, सुवास नेम्वाङ र दमननाथ ढुंगाना अनुपस्थित

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव लिन सापकोटाले पूर्व सभामुखहरुलाई नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएका हुन्।

छलफलमा पूर्व सभामुखहरु रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती सहभागी छन्। तारानाथ रानाभाटले जुम भर्चुअल माध्यमबाट भाग लिएका छन्।

तर, पूर्व सभामुख दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वाङ भने सहभागी छैनन्। सभामुखको सचिवालयले सबैलाई आमन्त्रण गरेको भए पनि ढुंगाना र नेम्वाङ उपस्थित नभएको जनाएको छ।

छलफलमा पूर्व सभामुखहरुले असंवैधानिक, अलोकतान्त्रिक र सामान्य नैतिकताभन्दा बाहिर गएर विघटन गरेको र सर्वोच्च अदालतले एकपटक नगर भनिसकेको अवस्थामा त्यसलाई अटेर गरेर फेरि विघटन गरेकाले यसविरुद्ध गम्भीर छलफल परामर्श गरेर अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell