पोखरा : गण्डकी प्रदेशको बर्खे अधिवेशन जेठ १६ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिएको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को सातौ बैठकले जेठ १६ गते अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
'गण्डकी प्रदेश सभा अधिवेशन जेठ १६ गते आइतवार १ बजे पोखरा सभागृहमा आरम्भ हुनेगरी आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने बैठकमा निर्णय भएको छ,' बस्नेतले भने।
त्यस्तै, आज बसेको बैठकले भौतिक पुर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयको प्रदेश सडक सम्बन्धि विधेयकमा छलफल गरेको थियो।
उक्त छलफलले सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृति लिने निर्णय गरेको प्रवक्ता बस्नेतले बताए।
