PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रधानमन्त्री र प्रधान न्यायाधीशबिच भेट भएको छैन : सर्वोच्च अदालत



पहिलोपोस्ट

प्रधानमन्त्री र प्रधान न्यायाधीशबिच भेट भएको छैन : सर्वोच्च अदालत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबिच सोमवार राति भेट भएको भन्दै केही मिडियामा प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतले न्याय सम्पादनमा प्रतिकूल प्रभाव पार्ने मनाशय रहेको भन्दै ध्यानाकर्षण गराएको छ।

सर्वोच्चले प्रेस विज्ञप्ति जारी गर्दै 'यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचार संहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौं' भनेको छ। 

सर्वोच्चले अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् भएको उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell