PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक
तस्विर सौजन्य : रोशन सापकोटा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको विपक्षी गठबन्धनका नेताहरु आन्तरिक परामर्शमा जुटेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आगामी रणनीति बनाउन सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धनको बैठक बसेको हो।

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

विपक्षी गठबन्धनमा ओली कदमविरुद्ध आन्दोलनमा जानुपर्ने आवाज चर्को छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell