PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा सर्वोच्चले तोक्यो पेशी : १९ रिटमा बिहीवार र ११ रिटमा शुक्रवार सुनुवाई



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा सर्वोच्चले तोक्यो पेशी : १९ रिटमा बिहीवार र ११ रिटमा शुक्रवार सुनुवाई

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतले पेशी तोकेको छ।

सर्वोच्चमा आएका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते विहिबार हुनेछ।

त्यसैगरी संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ जेठ १४ गते शुक्रबारका लागि तोकिएको छ।

कांग्रेस, माओवादी, जसपा, जनमोर्चासहित विपक्षी दलसहित परेका रिटमा विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, वर्तमान मन्त्रिपरिषदलाई कामकाजमा रोक लगाउनुपर्ने, सांसद कारवाही रोक्न परमादेश माग गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell