PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला



पहिलोपोस्ट

शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ। पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका हुन्।

नेविसंघ शंकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित विरोध कार्यक्रमको नेतृत्व  संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए।

विरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद ओली विद्या भण्डारीको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मास्न प्रतिबद्ध छु, यो मेरो प्रतिज्ञा हो।’ लेखिएको प्ले कार्ड र पुतला सहित सडकमा प्रदर्शन गरेको थिए।

प्रदर्शनपछि विद्या खड्ग प्रबृत्तिको अन्त्यको निम्ति प्रतीकात्मक अन्त्यष्टी गरिएको कार्यक्रमका संयोजक नेविसंघ शंकर देव क्याम्पसका नेता दिपक ओझाले बताए। विरोध स्वरूप सहभागीले कालो लुगा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell