PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान



पहिलोपोस्ट

लुम्बिनी प्रदेश : पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ‘ट्राफिक लाइट’ जडान

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामको सडकमा ट्राफिक लाइट जडान भएको छ। तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो।

तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाइट जडानको लागि चालु आर्थिक वर्षमा २० लाख बजेट छुट्टयाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। उनले अहिले पहिलो चरणमा मणिग्राममा जडान गरिएको जानकारी दिए।

आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि जडान गरिने प्रवक्ता श्रीले बताए।

‘अहिले नगर क्षेत्रमा सबै भन्दा बढी सवारी चाप हुने क्षेत्र मणिग्राम चोक नै हो, त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्‍यौँ’, उनले भने, ‘यसले त्यो क्षेत्र भएर तीव्र गतिमा गुड्ने सवारीहरुलाई नियन्त्रण गरी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौँ।’

अहिले जडान भएको ट्राफिक लाइट उच्च गुणस्तरको रहेकोले सोचे भन्दा धेरै लागत परेको प्रवक्ता श्रीको भनाइ छ। मणिग्राम रहेको बत्तीले जोखिम न्यूनीकरण गरेको आधारमा नगरको थप भागमा नै अन्य बत्ती जडान गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell