PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना 



पहिलोपोस्ट

कास्कीमा निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना 

पोखरा : कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। मंगलवार जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै व्यक्तिले निषेधाज्ञा उल्लंघन गरे एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ।

त्यस्तै, संघसंस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने छ। कास्की प्रशासनले सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम सूचना जारी गरेको हो।

उक्त अध्यादेश बमोजिम जिल्लामा जारी भएको निषेधाज्ञा पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell