PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रदेश २ कोरोना अपडेट : हालसम्म ५९२ जनाको मृत्यु, आठ जिल्लामा करिब ११ हजार सक्रिय संक्रमित



पहिलोपोस्ट

प्रदेश २ कोरोना अपडेट : हालसम्म ५९२ जनाको मृत्यु, आठ जिल्लामा करिब ११ हजार सक्रिय संक्रमित

वीरगंज : प्रदेश २ का आठ जिल्लामा हालसम्म ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना महामारीको पहिलो र दोस्रो चरणमा हालसम्म ५९२ जनाको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयले सबैभन्दा बढी बारामा १२७ जना र सबैभन्दा कम महोत्तरीमा २६ जनाको मृत्यु भएको जनाएको छ। त्यसैगरी, पर्सामा १०६, रौतहटमा ८८, सर्लाहीमा ३८, धनुषमा ६४, सिरहामा ४९ र सप्तरीमा ९३ तथा प्रदेश २ बाहिरका १ जनाको मृत्यु भएको निर्देश्नालयका वरिष्ट चिकित्सक कमलेश प्रसाद यादवले जानकारी गराएका छन्।

उनले हालसम्म प्रदेश २ का आठ जिल्लामा २३ हजार ५ सय ७६ पुरुष र ७ हजार ३ सय ३ महिला गरी कुल ३० हजार ८७९ जना कोरोना संक्रमित फेला परेकोमा १९ हजार २ सय ४५ जना कोरोना संक्रमण मुक्त भएको र बाँकीको उपचार भइरहेको उनले जनाए।

उनका अनुसार हालसम्म पर्सामा ६ हजार ४ सय ५२, बारामा ३ हजार ८१, रौतहटमा ३ हजार २ सय २३, सर्लाहीमा २ हजार ५ सय ३३, महोत्तरीमा ३ हजार ५ सय ७८, धनुषामा ६ हजार २ सय २२, सिरहामा २ हजार ४ सय ८, सप्तरीमा ३ हजार ९३ तथा प्रदेश बाहिरका २८९ गरी कुल ३० हजार ८ सय ७९ जना कोरोना संक्रमित पहिचान भएका थिए।

त्यसैगरी, हालसम्म प्रदेश २ का आठ जिल्लाका विभिन्न अस्पतालको आइसोलेसन सेन्टरमा ६ सय ९२ जना र होम आइसोलेसनमा १० हजार २ सय ५० गरी कुल १० हजार ९४२ जना सक्रिय संक्रमितको संख्या रहेको उनले बताएका छन्।

उनका अनुसार हाल प्रदेश २ को पर्सामा २९६ जना, बारामा ५ जना, रौतहटमा ३१, सर्लाहीमा ५, महोत्तरीमा २३, धनुषामा २६०, सिरहामा ४८, सप्तरीमा २४ गरी ६ सय ९२ जना अस्पतालको आईसोलेसन सेन्टरमा उपचाररत छन्। होम आइसोलेसनमा हुनेहरुमा पर्सामा २ हजार ८ सय ४५, बारामा १ हजार १८४, रौतहटमा ६७१, सर्लाहीमा३६०, महोत्तरीमा १ हजार ६७६, धनुषामा २ हजार १४, सिरहामा ५३८, सप्तरीमा १ हजार ६६० जना रहेका छन्।

वीरगंजमा थप दुई जनाको मृत्यु

वीरगंजमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। एक जनाको नारायणी अस्पतालमा र अर्काको नारायणी वयोधा अस्पताल गण्डकमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

नारायणी अस्पतालमा गएराति साढे १० बजे सर्लाहीको ईश्वरपुर-५ की ५८ वर्षीय महिलाको मृत्यु भएको छ। ४ गते अस्पताल भर्ना भएकी उनको जेठ ८ गते पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी, आज बिहान पौने ८ बजे नारायणी वयोधा अस्पतालमा वीरगंज-१० आदर्शनगरकी ६५ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ। २७ बैशाखमा अस्पताल भर्ना भएकी उनको पीसीआर परीक्षणमा बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell