PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

गायक रामकृष्ण ढकाल अक्सिजनको जोहो गर्न अमेरिकामा सहयोग जुटाउँदै



पहिलोपोस्ट

गायक रामकृष्ण ढकाल अक्सिजनको जोहो गर्न अमेरिकामा सहयोग जुटाउँदै

काठमाडौं: गायक रामकृष्ण ढकालले नेपालमा कोभिड–१९ का बिरामीलाई अक्सिजन सिलिन्डर जुटाउन लागि परेका छन्। कन्सर्टका लागि अमेरिका पुगेका उनले नेपालमा अक्सिजन अभाव भएको भन्दै अमेरिकामा सहयोग जुटाउन सुरु गरेका हुन्।

उनले आज फेसबुकमा भिडियो र स्टाटस पोस्ट गर्दैँ दाताको नाम र उनीहरूले प्रदान गरेको रकम समेत राख्दै जानकारी गराए। उनले पहिलो चरणमा १८ लाख उठेको र उक्त रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरेको जानकारी गराएका छन्।

ढकाल स्वयंले भने ५ सय डलर सहयोग गरेको उल्लेख गरेका छन्। साथै रकम उठ्ने क्रम जारी रहेकाले दोस्रो चरणको सहयोग पनि यसरी नै काम गरिरहेका संस्थालाई प्रदान गर्ने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell