PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चर्को शुल्क लिने अस्पतालहरुलाई वीरगंज महानगरले कारबाही गर्ने



पहिलोपोस्ट

चर्को शुल्क लिने अस्पतालहरुलाई वीरगंज महानगरले कारबाही गर्ने

वीरगंज : वीरगंज महानगरले चर्को शुल्क लिई बिरामीको उपचार गर्ने वीरगंजका निजी अस्पतालहरुलाई कारबाही गर्ने भएको छ। कोरोना महामारीको दोस्रो चरणमा वीरगंजका केही अस्पतालहरुले चर्को शुल्क लिएर कोभिड र अन्य बिरामीहरुको उपचार गरेको कुरा बाहिर आएपछि महानगरको ध्यानार्षण भएको बताउँदै कारबाही गर्ने चेतावनी दिएको हो।

वीरगंजका मेयर विजय सरावगीले विज्ञप्ति जारी गर्दै त्यस्ता अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले पर्सामा अस्पतालहरुको शुल्कबारे अनुगमन गरिरहेको र दोषी भेटिएका अस्पतालाई कानुनको दायरामा ल्याइने बताए।

निजी अस्पतालहरुले अक्सिजन, पीपीई, भेन्टिलेटर, औषधिलगायतको नाममा चर्को शुल्क उठाएको बताइएको छ। एउटा संक्रमितलाई १० दिन राखेकोमा ३ लाख सम्म खर्च असुलिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell