PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लुम्बिनीमा बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरी मनाइँदै



पूजा पन्थी

लुम्बिनीमा बुद्ध जयन्ती : पूजापाठ र दीप प्रज्ज्वलन गरी मनाइँदै

बुटवल : कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरी मनाउन सुरू गरिएको छ। आज बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुने गरी बुद्ध जन्मस्थल लुम्बिनिमा  परित्राण पाठ गरिएको छ।

मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ। पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन्।  यस्तै साँझ कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्जवलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए।

उनका अनुसार कोरोनाले देशमा ठूलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरी सीमित उपस्थितिमा पुजापाठ गरि बुद्धजयन्ती मनाउन सुरू भएको हो।

गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ती पूजापाठमा मात्र सीमित भएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले जानकारी दिए। विगतका बुद्धजयन्तिमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो।

बुद्ध धर्ममा वैशाख पूर्णिमालाई महत्त्वका साथ लिने गरिन्छ। वैशाख पूर्णिमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको थियो।

नेपालसहित भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, चीनलगायतका देशमा बुद्धजयन्ती मनाउने गरिएको छ।

गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो। कोरोनाका कारण गत बर्षदेखि नै यहाँ पर्यटक आउन सकेका छैनन्। अन्तर्राष्ट्रिय पर्यटकहरू लुम्बिनि आउने सिजनमै कोरोना महामारी बढ्ने र लकडाउन हुने गरेकाले पर्यटक आवागमन सुन्य भएको लुम्बिनी विकास कोषले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell