PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुदूर पश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमाले प्रदेश संसदीय दलको निर्णय



पहिलोपोस्ट

सुदूर पश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमाले प्रदेश संसदीय दलको निर्णय

कैलाली : नेकपा एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। आज  बसेको बैठकले  सुदुर पश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेश सभा सदस्य पुर्णा जोशीले जानकारी दिएन्।

बैठकमा माधव नेपाल पक्षका १९ जना नै उपस्थित थिए भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तीन जना सांसद सहभागी थिए। कोरोना संकटको अवस्था भएकाले यस्तो अवस्था अन्य राजनीतिक गतिविधिमा नलाग्ने भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता नलिने निर्णय भएको हो।

ओली पक्षका पठानसिंह बोहरा, नेपालु चौधरी र माया तामाङ बोहरा बैठकमा उपस्थित थिए भने रतन थापा, लीलाधर भट्ट र गेल्बु सिं बोहरा उपस्थित थिएनन्। 

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकले सुदूर पश्चिममा समर्थन फिर्ताको निर्णय लिएको थियो। सुदूर पश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। 

प्रदेश सभामा एमालेका २५ सदस्य छन्। यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ सांसद छन्। माओवादीले एक सांसदमाथि यसअघि नै कारबाही गरेर हटाइसकेको छ। कांग्रेसका १२ सांसदले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टीका दुई सांसद छन्।

तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ। माओवादी केन्द्र, कांग्रेस र जसपा एक ठाउँमा उभिँदा उसको २७ सदस्य छ। यद्यपि, आन्तरिक विवादका कारण जसपा पनि एक ढिक्का छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell