स्थिति सबै सकुशल हुन्थ्यो भने जे देखिरहनु भएको छ, त्यो हुन्थेन। टेक्ने ठाउँ मिल्थेन आज। बुद्ध जयन्ती र सुनसान बौद्ध। पूर्णिमाको दिन बिहानैदेखि भिडभाड लाग्ने ठाउँमा पुग्दा झुण्ड त भेटियो तर परेवाको।
अनि जे दृश्य देखियो - त्यस्तो चाहिँ पहिले हुन्थेन। पूर्णिमाको दिन स्तुपमा रङ रोगन र फूलका माला पहिर्याउन कसरी सकिन्थ्यो र, मानिसहरु भएका भए। आजै केही युवाहरु स्तुप रङ्ग्याउँदै थिए। मालाले सजाउँदै थिए।
दाहिने पारेर माने घुमाउनेउँदै बौद्ध स्तुपको परिक्रमा गर्नेहरु थिएनन्। बाहिरैबाट प्रहरीले भित्र छिर्न निषेध गरेको थियो। कोरोना भाइरसको महामारीका कारण पोहरजस्तै यसपाला पनि पालामा बत्ती बाल्नेहरु भएनन्। विधि फुक्यो तर मानिसहरु जसरी यहाँ पुग्थे - बाटो रोकियो।
निषेधाज्ञा पुन: थपिँदैछ। कोरोनाको कहर गहिरिएको छ, त्यो पुरिने मेलो लागिसकेको छैन। शान्तिका दूत गौतम वुद्धको जन्म, मृत्यु र निर्वाण प्राप्तिको यस दिनमा बौद्ध धर्मावलम्बीहरु घरमै थुनिए - निषेधाज्ञाकै कारण। परम्परा थेगियो तर रौनकबिहीन हिसाबले।