PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

‘संविधानको धारा मेरो हातमा छ’ भन्दै नेविसंघको प्रदर्शन, जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

‘संविधानको धारा मेरो हातमा छ’ भन्दै नेविसंघको प्रदर्शन, जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। संसद विघटनको विरोध गर्दै नेविसंघले जोरपाटी चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो।

प्रदर्शनमा ‘संविधानको धारा मेरो हातमा छ’, ‘त्यो हात नै मेरो साथमा छ’ लेखिएको पम्प्लेट पनि देखाइएको थियो।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनमा सहभागीहरुलाई पक्राउ समेत गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell