PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र स्थापना, घरमा बस्न असहज हुने संक्रमितलाई प्राथमिकता

शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र स्थापना, घरमा बस्न असहज हुने संक्रमितलाई प्राथमिकता

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था बढिरहेको अवस्थामा संक्रमितहरुलाई राख्न आइसोलेसन केन्द्र बनाउने काम धमाधम भइरहेको छ। घरमा बस्न असुविधा हुने व्यक्तिहरुका लागि सामुदायस्तरमा नै आइसोलेसन केन्द्र निर्माण भइरहेको हो।

बुधवार काठमाडौं महानगरपालिका वडा २० स्थित भगवती बारीमा रहेको शान्ति निकुञ्ज स्कुलमा आइसोलेसन केन्द्र संचालनमा ल्याइएको छ।

बाइ एफ एन नेपाल, पासा कासा पुच: र मजिपात लाखेननी टोल सुधार समितिको संयुक्त प्रयासमा १० शय्याको आइसोलेसन केन्द्रको सुरुवात गरिएको छ। केन्द्रमा स्टाफ नर्ससहित स्वास्थ्य उपकरणको व्यवस्था गरिएको छ। यस्तै, आवश्यक संक्रमितलाई अक्सिजन दिन दुई वटा अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरिएको छ।

केन्द्रको सुरक्षाको लागि सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell