PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

इन्धन लिन भारत जान लागेको ट्यांकरबाट २१८ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ



पहिलोपोस्ट

इन्धन लिन भारत जान लागेको ट्यांकरबाट २१८ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

वीरगंज : बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी चौकी पथलैयाको टोलीले पथलैयाको रामरहिम ग्यारेजमा पार्क गरिएको ना ४ ख २९७९ नम्बरको इन्धन ढुवानी गर्ने ट्याकंरबाट उक्त गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ।

काठमाडौंबाट भारतको बिहार राज्य बरौनीको आईओसीस्थित डिपोमा पेट्रोल बोक्न जाँदै गरेको ट्यांकरमा गाँजा छ भन्ने गोप्य सूचनाको आधारमा ग्यारेजमा मर्मतको लागि पार्किङ गरिएको ट्यांकरबाट रातो प्लाष्टिकको १९ वटा प्याकेट (२१८ किलो) गाँजा बरामद भएको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी गराए।

उनका अनुसार प्रहरीले ट्यांकरसहित चालक महोत्तरीको बर्दिबास नगरपालिका ८ का घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका २ का राजकुमार दवाडीलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell