PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा चारै जनाको नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको जनाइएको छ।

जसमा पर्साका दुई, बाराका एक र रौतहटका १ जना रहेका छन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ का ५७ वर्षीय पुरुषको हिजो राति साढे ७ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए।

त्यसैगरी, पर्साको बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वाभाठाकी ४५ वर्षीया महिला २५ गते नारायणीमा भर्ना भई २६ गते पीसीआर परीक्षणमा पोजेटिभ देखिएर उपचाररत अवस्थामा बुधवार बिहान सवा ९ बजे मृत्यु भएको थियो।

त्यस्तै, पर्साको पोखरिया नगरपालिका-३ की ५० वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको छ। ९ गते अस्पताल भर्ना भएकी उनमा १० गते पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको थियो।

यस्तै, रौतहटकी २१ वर्षीया महिलाको आज दिउँसो साढे ४ बजे नारायणीमा मृत्यु भएको थियो। ७ जेठमा अस्पताल भर्ना भएर ९ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

चार जनाको मृत्युको कारण कोभिड निमोनिया र दुवै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या आउनु रहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell