PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना



पहिलोपोस्ट

पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दाङमा दुर्घटना
फोटोः सुमन केसी

बुटवलः नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको पत्रकार टोली सवार गाडी दाङमा दुर्घटनामा परेको छ। तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ नम्बरको स्कोर्पियोले पोखरेलसहित सवार गाडीलाई ठक्कर दिएको हो।

गाडीमा पोखरेलसहित पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र पूर्वअध्यक्ष सुदीप गौतम सवार थिए। ठक्करबाट गौतमको टाउकोमा चोट लागेको छ। गौतमको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गौतमबाहेक अन्यको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा पत्रकार टोली सवार गाडीको अगाडिको भाग क्षतिग्रस्त भएको छ। पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell