PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै भिल्लारियल च्याम्पियन



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित  निकाल्दै भिल्लारियल च्याम्पियन
Photo: UEFA

स्पेनिस क्लब भिल्ल रियल यूईइफए युरोपा कपमा पहिलो पटक च्याम्पियन बनेको छ। गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दै भिल्लारियलले ऐतिहासिक उपलब्धि हात पारेको हो। निर्धारित समय र अतिरिक्त समय गरी १२० मिनेटमा पनि खेल १-१ बराबरीमा रोकिएपछि खेल पेनाल्टीसम्म पुगेको थियो।

खेलको २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा भिल्लारियलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा भिल्लारियल रियल १ गोलले अघि रहे पनि दोस्रो हाफमा युनाइटेडका एडिन्सन काभानीले गोल फर्काए। उनल खेलको म्याकटोमिनेको पासमा ५५ औं मिनेटमा गोल गर्दा निर्धारित समयमा खेल १-१ को बराबरीमा रोकियो। त्यसपछिको अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टीबाट पनि खेलको नतिजा निर्धारण गर्न ११ औं राउण्डसम्म कुर्नुपरेको थियो। जसमा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेबिड डे गेया चुक्दा भिल्लारियलले युरोपा लिगको उपाधि उचाल्यो। यो सँगै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको भिल्लारियलले युरोपको मुख्य ट्रफीमा पहिलोपटक बाजीमारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell