PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमित सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन



एम बम

कोरोना संक्रमित सुदूरपश्चिमका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन

कैलाली : सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौको  निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए। ७६ वर्षीय उनलाई एकहप्ता अघि कोभिड-१९ संक्रमण देखिएको थियो।

चार दशकसम्म कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए। विस २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य थिए।

मल्ल २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए। ३ माघ २०७४ मा प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते सपथ ग्रहण गरेका थिए।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।  तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखमा नियुकेत गरेका उनलाई २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले पदमुक्त गरेको थियो ।

मल्लका श्रीमती, एक छोरा र एक छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell