PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सरकार आफैँ कलहमा उत्रेर देश संकटमा पुर्‍याएपछि मात्र कांग्रेसले दावी गरेको हो : विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

सरकार आफैँ कलहमा उत्रेर देश संकटमा पुर्‍याएपछि मात्र कांग्रेसले दावी गरेको हो : विश्वप्रकाश शर्मा

काठमाडौं : सरकारले आफैँ कलहमा उत्रेर देश संकटमा पुर्‍याएपछि मात्र पार्टी सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दावी गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। 

नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियनको स्थापना दिवसमा बोल्दै पार्टी प्रवक्ता शर्माले कांग्रेसले कहिल्यै अविश्वासको प्रस्ताव नल्याएको टिप्पणी गरे। उनले कडा रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना समेत गरे।

'कांग्रेसले कहिल्यै अविश्वासको प्रस्ताव ल्याएन। तर, आफैँ कलहमा उत्रेर देश संकटमा परेपछि सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको समर्थनमा प्रधानमन्त्री दाबी गर्न जानुभएको हो,' उनले भने, 'राष्ट्रपतिले दाबी पुगेन भनेर सनाखतको प्रक्रिया गर्नुभएन। त्यसैले यो राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक हो।'

युनियनको ३१ औं स्थापना दिवसमामा सम्बोधन गर्दै उनले सरकारको आलोचना गरे।

ओलीको विषय सत्ताको रक्षामात्र रहेको बताउँदै उनले भने, 'अब पार्टीको झण्डाको अर्थ कम भएको छ। सरकारले के गर्‍यो यो प्रधान भएको छ।'
भर्चुअल रुपमै पार्टीको महाधिवेशन गर्न पार्टीको सूचना तथा सञ्चार विभाग तयार रहेको पनि उनले सुनाए। 

'सकेसम्म भौतिक रुपमा महाधिवेशन गर्नुपर्छ। नभए नभए भर्चुअल रुपमै उद्घाटनदेखि मतदानसम्म सक्ने अवस्थामा पार्टीको सूचना तथा सञ्चार विभाग रहेको छ,' उनले भने।

प्रवक्ता शर्मा पार्टीको सूचना तथा सञ्चार विभागको प्रमुख पनि हुन्। 'सभापतिको निर्देशन भएमा हामी त्यो पनि गर्न सक्छौ,' उनले भने।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell