PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसरी आतंकित हुँदै बजारबाट सामान बोकेर मानिसहरु घरतिर

यसरी आतंकित हुँदै बजारबाट सामान बोकेर मानिसहरु घरतिर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भोलिदेखि निषेधाज्ञा थप कडा हुने र सात दिनसम्म किराना पसलसम्म नखोल्ने निर्देशन जिल्ला प्रकाशन कार्यालयहरुले दिइसकेकाले आज बजारमा भिडभाड निक्कै देखियो। निषेधाज्ञाको त्रासको असर आज 'अन्तिम दिन' कडा देखिएको हो। मानिसहरु हतास हुँदै बजार पुगे र त्यसैगरी घरतिर हानिएका दृश्य सामान्य लाग्थ्यो आज। 

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउन निर्देशन दिए अनुसार तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले दुई दिनभित्र किनमेल सक्न आदेश दियो। त्यसको असर आज बिहानैदेखि बजारमा देखिएको थियो। स-साना किराना पसलदेखि ग्रसरीहरुमा मानिसहरुको भिड थियो। कोरोना नियन्त्रणका लागि हो या फैलाउन सरकारले यस्तो निर्णय गरेको - बुझ्न कठिन लाग्थ्यो दृश्यहरु देख्दा। 

सक्नेहरुले त यसबिचमा सात दिनका लागि जोहो गर्लान् तर सरकारले त्यस्तो वर्गलाई त सम्झेको पनि छैन जो एक छाकका लागि दिनभरि मेहनत गर्थ्यो। काम पाउनु त टाढाको विषय हो उनीहरुका लागि। 

कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेको छ सरकारले। जसअनुसार विना कुनै काम बाहिर निस्किएमा १ लाख रुपैयाँसम्म जरिवाना लगाउन सक्ने व्यवस्था गरिएको छ। त्यसैको असर हो मानिसहरु आज धेरै किनमेलका लागि निस्किए। सक्नेहरु त बजारमा निस्किए तर ती मानिसहरुको हालत के होला जससँग काम नगरी एक छाकको जोहो गर्न सक्दैनन्? 

 



ट्रेन्डिङ पोस्ट

Ncell