PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

कांग्रेस संकटमा : रामचन्द्र पौडेल



पहिलोपोस्ट

कांग्रेस संकटमा : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी अहिले संकटमा रहेको बताएका छन्। नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस भित्रका समस्याहरु पोखे।

'कांग्रेस अहिले संकटमा छ। चार वर्षपछि महाधिवेशन गर्नुपर्ने त्यो कटायौं। थप एक वर्ष पनि कटायौं,' पौडेलले भने, 'असाधारण अवस्था पनि ६ महिना भदौमा सकिँदैछ। 

कतिपय जिल्लामा क्रयाशील सदस्यको टुंगो लागेको छैन।' नेता पौडेलले पार्टीमा समायोजनको पनि टुंगो लागेको बताउँदै अगाडि दुईटा विकल्प रहेको बताए। 'एउटा जुन कुरा क्रियाशील टुंगो लागेको छ। उनीहरुबाटै प्रतिनिधि तोकेर महाधिवशेन गर्ने। चुनाव गर्नैपर्छ। किटान गरेर भनेको छ संविधानले।' 

उनले केन्द्रीय कार्य समितिको १३ औं महाधिवेशनका प्रतिनिधिहरुबाटै एक वर्षको लागि केन्द्रीय समितिको चुनाव गर्न सुझाए। 'यसका लागि पार्टीले छलफल गर्ला। अब हामी कामना गरौं यसमा सफल हुनेछ,' उनले भने, 'परिवर्तनको रक्षा गर्न हामी सफल हुनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell