PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सर्जिकल पसल भित्र छिरेर कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रहरीले थाल्यो अनुसन्धान



पहिलोपोस्ट

सर्जिकल पसल भित्र छिरेर कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रहरीले थाल्यो अनुसन्धान

वीरगंजः पर्साको वीरगंजमा सर्जिकल पसलका कर्मचारीलाई कुटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

घटना बाहिरिएपछि प्रहरीले कर्मचारी कुट्ने प्रहरी माथि अनुसन्धान सुरु गरेको छ। बुधवार बिहान वीरगंजमा भएको एउटा घटनामा उनलाई प्रहरी आचरण विपरीत काम गरेको भन्दै प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी प्रहलाद कार्कीले सर्जिकल पसलमा कार्यरत कर्मचारीलाई कुटपिट गरेका थिए।

वीरगंज ८ पानीटंकीस्थित सेना ब्यारेक पछाडिको एउटा सर्जिकल पसलका कर्मचारीलाई सिसिटिभी क्यामेराको निगरानीमा डिएसपी कार्कीले लाठीले कुटपिट गरेका थिए। बिहान १० बजेर २१ मिनेटमा भएको उक्त घटनाको भिडियो बुधवार साँझदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

‘गस्ती गर्ने क्रममा उक्त बाटो भएर जाँदा भिडभाड देखियो। उनले भीडलाई तितरबितर पार्न प्रहरी खटाउँदा उक्त पसलको युवकले मोबाइलमा भिडियो खिचेर भाइरल बनाउन खोजेछन्,त्यसैमा मोबाइल लिएर भिडियो डिलिट गरे भाइ हाल्थ्यो,तर लाठीले आक्रोशित भएर कुटेको देखिएको छ। अनुसन्धान भइरहेको छ,' पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell