PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

जिदानले मड्रिड छाडे



पहिलोपोस्ट

जिदानले मड्रिड छाडे
Zinedine Zidane leaves Real Madrid.PABLO GARCÍA/Marca

स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको भूमिकाबाट जिनेदिन जिदान बाहिरिएका छन्। यो सिजन ला लिगाको ट्रफी दिलाउन नसकेका जिदानले मड्रिड छाडेका हुन्। उनले यो दोस्रो पटक मड्रिड छाडेका हुन्। यसअघि पनि २०१८ मा मड्रिड छाडेका उनले १० महिनापछि पुरानै भूमिकामा फर्कँदै लिग उपाधि जिताएका थिए।

मड्रिडले एक विज्ञप्तिम निकाल्दै जिदानको निर्णयको सम्मान गर्ने जनाएको छ। उनले सन २००१ देखि २००६ सम्म मड्रिडबाट खेलेका थिए।

उनले कुल ११ वटा ट्रफी जिताउन सफल भए। जसमा तीन च्याम्पियन्स लिग, दुई लिग टाइटल, दुई यूईएफए सुपर कप, दुई सुपरकोपा र दुई क्लब विश्वकप रहेका छन्।

यो सिजनमा भने एट्लेटिको मड्रिड भन्दा दुई अंकले पछि रहँदै रियल उपाधिबाट चुकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell