PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

दोस्रो पटक संक्रमणमुक्त भएका प्रमोद भन्छन् : खोप लगाए पनि सचेत रहौँ



पहिलोपोस्ट

दोस्रो पटक संक्रमणमुक्त भएका प्रमोद भन्छन् : खोप लगाए पनि सचेत रहौँ

काठमाडौं : गायक प्रमोद खरेल दोस्रो पटक कोभिड-१९ संक्रमणमुक्त भएका छन्। विहीवार फेसबुकमार्फत् उनले आफ्नो आइसोलेसन अवधि सकिएको जानकारी दिएका हुन्। साथै पहिले संक्रमण भइसकेका र कोरोनाविरुद्धको खोप लगाएकालाई पनि सतर्क रहन आग्रह गरेका छन्।

'कोरोनाले दुई चोटी आक्रमण गर्‍यो,’ उनले लेखेका छन्, ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए। तर पनि आएर छोड्यो।’

आठ महिना अघि पनि उनमा संक्रमण पुष्टि भएको थियो।

खरेलले आफ्नो उपचारमा जुटेका डाक्टर तथा आफूलाई सहयोग गर्ने सबैलाई आभारसमेत व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell