PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नारायणी अस्पताललाई अभिनेत्री मनीषा कोइरालाले दिइन् ४ वटा भेन्टिलेटर मेसिन



पहिलोपोस्ट

नारायणी अस्पताललाई अभिनेत्री मनीषा कोइरालाले दिइन् ४ वटा भेन्टिलेटर मेसिन

काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर सहयोग गरेकी छिन्।

उनले संक्रमणबाट उच्च प्रभावित वीरगञ्जस्थित नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर मेसिन उपलब्ध गराएकी हुन्।

नारायणी अस्पतलाका निमित्त मेसु डाक्टर उदयनारयाण सिंहले अभिनेत्री मनीषा कोइरालाप्रति आभार व्यक्त गरेका छन्। उनले कोइरालाको सहयोगले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुगेको र यसले बिरामीको ज्यान जोगाउन भूमिका निर्वाह गर्ने बताए।

भने,'भेन्टिलेटरको अभावमा कतिपय संक्रमितले ज्यान गुमाउँछन्। यस्तो बेलामा उहाँले गर्नू भएको सहयोग सराहनीय छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell