PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बन्द हुँदै १९ वर्ष पूरानो 'दि एलेन डिजेनरेस शो', साटोमा पहिलो अमेरिकन आइडल केली क्लार्कसनको कार्यक्रम



पहिलोपोस्ट

बन्द हुँदै १९ वर्ष पूरानो 'दि एलेन डिजेनरेस शो', साटोमा पहिलो अमेरिकन आइडल केली क्लार्कसनको कार्यक्रम

गायक एवं टक शो प्रस्तोता केली क्लार्कसनले यूएस टिभीमा एलेन डिजेनरेसको जिम्मेवारी सम्हाल्ने भएकी छिन्। यस खबरलाई नेटवर्क एनबीसीले पुष्टि गरेको खबर बीबीसीमा प्रकाशित छ।

यस महिनाको सुरुवातमा चर्चित प्रस्‍तोता डिजेनेरेसले आफ्नो शो सन् २०२२ पछि बन्द हुने घोषणा गरेकी थिइन्। भनेकी थिइन्,'म छोड्दैछु किनकि मेरो कार्यक्रम अब कसैका लागि चुनौती रहेन।'

एनबीसीका अनुसार अब 'केली क्लार्कसन शो'को दोस्रो सिजनले सन् २०२२ बाट एलेनको कार्यक्रमलाई 'रिप्लेस' गर्न लागेको हो।

द एलेन डिजेनरेस शो सन् २००३ देखि लगातार सञ्चालित सफल टिभी कार्यक्रम हो।

एनबीसी यूनिवर्सल सिन्डिकेशन स्टूडियोजकी कार्यकारी उपाध्यक्ष ट्रेसी विल्सनले भनिन्,'केली र हाम्रो पूरा निर्माण युनिटले एउटा यस्तो कार्यक्रम बनाउन दिल, लक्ष्य र अविश्वसनीय मिहेनत लगाएका छौं। हामी कार्यक्रममा सबै उमेर, संस्कृति र पृष्ठभूमिका मानिस समेट्छौं।'

३९ वर्षीय क्लार्कसनले सन् २००२ को अमेरिकन आइडल विजेता हुन्। उनले सन् २०१९ देखि द केली क्लार्कसन शो सुरु गरेकी छिन्। एक घण्टाको कार्यक्रममा सेलिब्रेटीहरूसँग कुराकानी गर्छिन्।

६३ वर्षीया एलेन डिजेनरेस भने १९ वर्षपछि कार्यक्रममा बिट मार्दैछिन्। पछिल्लो समय उनको शोको पर्दापछाडि हुने विभेदपूर्ण अनुभवबारे केही कर्मचारी बोलेपछि कार्यक्रमको टिआरपी घटेको बीबीसीले जनाएको छ।

घटनाका कारण कार्यक्रममा तीन वरिष्ठ निर्माताले कार्यक्रमबाट हात झिक्नु पर्‍यो। र डिजेनेरेसले पनि अनएयर माफी माग्नु परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell