PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

हुन्डीको ५३ लाखसहित २ जना वीरगंजबाट पक्राउ



पहिलोपोस्ट

हुन्डीको ५३ लाखसहित २ जना वीरगंजबाट पक्राउ

वीरगंज : पर्सा प्रहरीले अबैध वित्तीय कारोबार (हुन्डी)को अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई हाल वीरगंज-८ पानीटंकी नजिकै डेरा गरी बस्ने २६ वर्षीय शिव आनन्द र वीरगंज-११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल रहेका छन्।

प्रहरीले हुन्डीको करोबार गरेको पूर्व सूचनाका आधारमा जैसवाललाई आज बिहान ११ बजे कालो झोला लिएर हिँडिरहेको अवस्थामा श्रीपुरबाट २४ लाखसहित पक्राउ गरेको थियो। त्यसपछि प्रहरीले शिव आनन्दको डेरामा रीतपूर्वक छापा हान्दा थप २९ लाख ८० हजार रुपैयाँ कालो झोलामा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो।

दुवै जनामाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन २०७३ अनुसार अनुसन्धान अघि बढाएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell