PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

माइतीघरमा ‘वृहत नागरिक आन्दोलन’को नारा, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’

माइतीघरमा ‘वृहत नागरिक आन्दोलन’को नारा, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ‘वृहत नागरिक आन्दोलन’ले संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ। माइतीघरमा फ्ल्यास लाइट बालेर ‘वृहत नागरिक आन्दोलन’ले संसद विघटनविरुद्ध प्रदर्शन गरेको हो।

सो प्रदर्शनलाई ‘ब्राइट नागरिक आन्दोलन’को नाम दिइएको थियो। सो क्रममा प्रदर्शनकारीहरुले ‘गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्रै मस्ती छ’, ‘अक्सिजन र खोप चाहिएको छ, मतपत्रको षड्यन्त्र होइन’ लगायतको नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुलाई उनीहरुले प्रतिगमनको संज्ञा दिँदै उक्त कार्यले राज्य जनताप्रति उत्तरदायी नभएको पुष्टि भएको बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell