PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो इराकमा नेपाली टोलीको अभ्यास

यस्तो देखियो इराकमा नेपाली टोलीको अभ्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली फुटबल टोली यतिबेला इराकमा छ। इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको बाँकी खेलहरु खेल्नका लागि नेपाली टोली इराक पुगेको हो।

इराक पुगेर नेपालीले अभ्यास पनि सुरु गरेको छ। त्यहाँ पुगेर वास्रास्थित स्टेडियममा पुगेर अभ्यास गरेको हो। इराक फुटबल एसोसिएसनले त्यसको तस्बिर राख्दै नेपाललका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले त्यहाँको सत्कारको प्रशंसा गरेको जनाएको छ।

‘इराकको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नु टेक्निकल हिसाबले माथिल्लो संख्या हो। जब नेपालले एसिया र अरबको बलियो टिममध्येको एउटासँग प्रतिस्पर्धा गर्नेछ। र, यो नतिजा भन्दा परको विषय हुनेछ,’ प्रशिक्षक अलमुताइरीलाई उदृत गर्दै एसोसिएसनले लेखेको छ।

नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने कुवेतमा चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

नेपालले भोलि बेलुकी इराकसँग खेल्नेछ भने आगामी खेलमा जुन ३ मा चाइनिज ताइपेइसँग, जुन ८ मा जोर्डनसँग र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।

सबै तस्बिरहरु: इराक फुटबल एसोसिएसन्



ट्रेन्डिङ पोस्ट

Ncell