PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निषेधाज्ञामा थप कडाईको पहिलो दिन : झरीमा पनि चेकिङमा यसरी उत्रियो प्रहरी, उल्लंघन गर्ने धमाधम होल्डिङ जोनमा

निषेधाज्ञामा थप कडाईको पहिलो दिन : झरीमा पनि चेकिङमा यसरी उत्रियो प्रहरी, उल्लंघन गर्ने धमाधम होल्डिङ जोनमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थपिएको निषेधाज्ञा कडाईमा बिहानैबाट प्रहरी सक्रिय बनेको छ। झरीमा पनि प्रहरी चेकिङमा उत्रिएको छ।

बिना काम हिँडेका मानिसहरु धमाधम होल्डिङ जोडमा राखिएका छन्। काठमाडौं उपत्यकाभित्र थप गरिएको एक हप्ते निषेधाज्ञा आजबाट शुरु भएको हो। यस पटक थपिएको निषेधाज्ञालाई पहिलाभन्दा कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिइसकेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले अवस्थाको मूल्यांकन गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको थियो। 

अघिल्ला निषेधाज्ञा भन्दा यसपटकको निषेधाज्ञामा केही क्षेत्र संचालनमा पूर्ण रोक लगाइएको छ। पछिल्लो निर्णय अनुसार अब खाद्यान्नका पसलहरुलाई पूर्णरुपमा खोल्न निषेध गरिएको हो। खाद्यान्नका पसलदेखि डिपार्टमेन्ट स्टोरसमेत खोल्न पाइने छैन। यसअघि बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्नका पसलका साथै डिपार्टमेन्ट स्टोर खोल्न दिइएको थियो। पसल र स्टोरहरु बन्द रहेपनि तरकारी,  माछा, मासु, दुध लगायतका पसलहरु भने बिहान ९ बजेसम्म संचालन गर्न पाइनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell