PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न एमाले नेता पनि, पक्राउ परेकालाई नछाड्न खबरदारी



पूजा पन्थी

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न एमाले नेता पनि, पक्राउ परेकालाई नछाड्न खबरदारी

बुटवल : कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। पश्चिम नेपालमै सबैभन्दा बढी कोराना बिरामी उपचार गरिरहेको भेरी अस्पतालमा यसरी स्वास्थ्यकर्मी आक्रमणमा परेको पहिलो घटना होइन। यसअघि पनि यस्ता घटनाहरु भईरहेका छन्।

मृतकका आफन्तबाट भएको आक्रमणमा परी ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ। आसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जोगाउन नर्सहरु छतबाट हाम्फालेका थिए।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ। मृतकको कुरुवासमेत रहेका मानबहादुर रावत सहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पतालका सुचना अधिकारी डा संकेतकुमार रिसालले जानकारी दिए।

घटना लगत्तै प्रहरीले मानबहदुरसहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ।

अन्य बिरामीको उपचारमा बाधा

अस्पतालमा भाडभैलोको अवस्था सिर्जना हुदा संक्रमीत तथा अन्य बिरामिको उपचारमा बाधा पुगेको अस्पतालले जनाएको छ। हिजोको घटनाले बिरामीहरुको आत्मबल घटेको बताउँदै अस्पतालले घटना लगत्तै एक संक्रमितको ज्यान गएको बताए। अस्पतालमा कुटाई खाएका स्वास्थ्यकर्मिले आन्दोलन गरिरहेका छन्। अस्पतालमा रहेका १७० जना संक्रमितको उपचारमा समेत बाधा पुगिरहेको अस्पतालले जनाएको छ।

छानबिन कमिटी गठन

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

कुटपिट गर्ने रावत एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य!

प्रहरीले घटनामा संलग्नमध्ये मानबहादुर रावत, भरत र लोकराज रावतलाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव थिए। एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो। उनी एमाले दाङ जिल्ला सचिवालय सदस्य पनि हुन्। देउखुरीकी एक जना महिलामाथि बलात्कार अभियोगमा उनीमाथि मुद्दा पनि चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell