PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

'नेकपा फुटाउने' फैसला दिएका न्यायाधीश संवैधानिक इजलासमा रहेको भन्दै कानुन व्यवसायीहरुको प्रश्न



पहिलोपोस्ट

'नेकपा फुटाउने' फैसला दिएका न्यायाधीश संवैधानिक इजलासमा रहेको भन्दै कानुन व्यवसायीहरुको प्रश्न

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रतिपक्षी गठबन्धनका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको नामको विवादमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा पुर्‍याउनेगरी फैसला दिएको व्यक्ति इजलासमा रहेको भन्दै उनीमाथि प्रश्न उठेको हो।

वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले इजलासका न्यायाधीशमाथि प्रश्न उठाएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले 'जजलाई विश्वास गर्नुस्' भन्दै अनुरोध गरेका थिए। जबराले न्यायाधीशमाथि प्रश्न नउठाउन आग्रह गरेका हुन्।

सर्वोच्चमा जारी सुनुवाई आजका लागि सकिएको छ। आइतवार २ बजेसम्म बहस सक्न प्रधान न्यायाधीश जबराले समय तोकेका छन्। 

वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश बमकुमार श्रेष्ठमाथि फेरि पनि कुरा उठाइने जानकारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell