PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

भेरी अस्पतालको आक्रमलाई लिएर गृह मन्त्रालयले भन्यो : तत्काल नियन्त्रणमा लिई कारवाही गर्छौं



पहिलोपोस्ट

भेरी अस्पतालको आक्रमलाई लिएर गृह मन्त्रालयले भन्यो : तत्काल नियन्त्रणमा लिई कारवाही गर्छौं

काठमाडौं : भेरी अस्पतालमा बिहीवार भएको घटनमा जो कोही भए पनि नियन्त्रणमा लिएर कारबाही हुने गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रवार मन्त्रालयलले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत भइरहेको जानकारी दिएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि प्रकारको हातपात तथा दुर्व्यवहार र तोडफोड प्रचलित कानूनद्वारा निषेधित फौजदारी कसूरजन्य कार्य हुनुका साथै यस्ता कार्य सदाका लागि नियन्त्रण गर्न र त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानून बमोजिम कारवाही गरी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्न राज्यका निकायहरु सक्षम रहेको हुँदा भेरी अस्पतालमा भएको उक्त घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको कार्य प्रारम्भ भई सकेको व्यहोरा अनुरोध छ।'

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बिहीवार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमण गरेका थिए। मृतकका आफन्तबाट भएको आक्रमणमा परी ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ। आईसीयू कक्षमै नर्सहरु माथि हातपात भएपछि ज्यान जोगाउन नर्सहरु छतबाट हाम्फालेका थिए।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell