PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुतिरहेकी महिलामाथि लगाइयो आगो, अपराधमा संलग्न को? खोज्दै प्रहरी



पहिलोपोस्ट

सुतिरहेकी महिलामाथि लगाइयो आगो, अपराधमा संलग्न को? खोज्दै प्रहरी

कैलाली : डोटीमा एक महिलामाथि जिउँदै आगो लगाइएको छ। आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आगो लगाइएको प्रहरीले जानकारी दिएको छ।

मध्यरातको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भीक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले  जनाएको छ।

आगोले जलेर गम्भीर घाइते भएकी महिलाको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

प्रहरी उपरीक्षक मल्लले भने, ‘प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न सकेको छैन। घटनाको अनुसन्धान नजिक हामी पुगिसकेका छौं। यस्ता अपराधीक क्रियाकलापमा संलग्न व्यक्ति अथवा समूहलाई पक्राउ गरेर कानुनी दाएर ल्याइने छ।’

घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको सुजंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए। घाइतेको दुवै खुट्टा, अनुहार , पेट र दायाँ हातमा गम्भीर चोट रहेको बलायरले बताए।

गम्भीर चोट भएकोले घाइते महिलालाई अस्पतालले रेफर गरे पनि आर्थिक अभावका कारण बाहिर लैजान नसकिएको उनका आफन्तको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell