PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपाली फिल्म ‘गुराँस’ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड



पहिलोपोस्ट

नेपाली फिल्म ‘गुराँस’ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट फन्ड

काठमाडौं : नेपाली फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ। नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो।

सौरभ राईको निर्देशन रहने फिल्मलाई नेपालबाट आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो। आइसफल प्रमुख रामकृष्ण पोखरेलले खबर पुष्टि गर्दै फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए। हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तान लगायत १० देशका फिल्मलाई फन्ड उपलब्ध गराएको हो।

कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर फिल्म हो।

निर्माता पोखरेलले भने, ‘पुरस्कार रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं। अर्को साल फ्लोरमा जाने सोचमा छौँ।’

फिल्ममा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ। यो बाहेक संजय गुलाटी पनि यो फिल्मको निर्माणमा साझेदार रहनेछन्। आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ। सुजित बिडारीको निर्देशन रहेको यो फिल्म दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell