PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

फिल्म समीक्षक केआरकेको घोषणा : सलमान खानले खुट्टा छोए पनि उनको फिल्म रिभ्यू गर्न छाड्दिनँ



पहिलोपोस्ट

फिल्म समीक्षक केआरकेको घोषणा : सलमान खानले खुट्टा छोए पनि उनको फिल्म रिभ्यू गर्न छाड्दिनँ

सलमान खानको फिल्म ‘राधे: योर मस्ट वान्टेड भाइ’ टिमले केही दिनअघि फिल्म समीक्षक कमाल राशिद खान (केआरके) विरुद्द मानहानिको मुद्दा दर्ता गरेको थियो।

त्यसपछि केआरके ले सलमानको कुनै पनि फिल्मको रिभ्यू नगर्ने घोषणासमेत गरे। तर अब केआरकेले आफ्नो उक्त निर्णय फिर्ता लिएका छन्। उनले ट्वीटरमार्फत सलमानले हात जोडेर बिन्ती गरेपनि वा खुट्टा छोए पनि उनको फिल्मको रिभ्यू गर्न नछाड्ने जानकारी दिएका छन्।

उनले केही बलिउडकर्मीको नाम तोकेरै भनेका छन् : यो पटक उनीहरूले गलत मान्छेसँग निहुँ खोजेको छन्।

सलमानको टिमले भने मुद्दा हाल्नुको कारण फिल्म समीक्षा नभइ बेग्लै भएको बताएको छ। उनको टिमले केआरके ले सलमान खानलाई भ्रष्ट्र र उनको कम्पनीलाई ठगीको आरोप लगाएका दावी गरेका छन्। दैनिक भाष्कारका अनुसार उनीहरूले भनेका छन्,’केही महिनादेखि स्वतन्त्रताको नाममा सलमानको बेइज्जत गराउँदै आएको छन्।‘ यस विषयको खण्डण गर्दै सामाजिक सञ्जालमा विभिन्न पोस्ट गरेका छन् केआरकेले।

उनले राधे फिल्मको पहिलो हाफ लगत्तै निस्किएर नकारात्मक टिप्पणी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell